दाङमा पुलबाट बस खस्यो, १४ जना घाइते

by समतल अनलाइन

दाङ । दाङमा पुलबाट बस खस्दा १४ जना यात्रु घाइते भएका छन् । सोमबार बिहान ५ बजे पोखराबाट सुर्खेत जाँदै गरेको ग १ ख ८४८५ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने लमही नगरपालिका ४ बनगाउँस्थित बबई सोता पुलबाट बस तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जानकारी दिए । बस दुर्घटनामा घाइते भएका १४ जनामध्ये एकजनालाई बढी चोट लागेको छ ।

‘गम्भीर घाइते एकजनालाई लमहीमा सामान्य उपचारपछि थप उपचारको लागि बुटवल लगिएको छ,’ एसपी केसीले भने, ‘बाँकी १३ जना घाइतेको लमहीमै उपचार भइरहेको छ ।’ बसमा १६ यात्रु सवार थिए । दुई जना भने सकुशल छन् । बस सडकबाट करिब ३० फिट तल खसेको छ ।

 
 
  
 

You may also like