आन्दोलनरत चिकित्सक र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

by समतल अनलाइन

काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको वार्ताबाट सहमति भएको हो । सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भएको वार्ताबाट ६ बुँदे सहमति भएको हो ।

पछिल्लो समय मणिपाल–पोखरा, माडी,चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो ।

सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा. दिपेन्द्ररमण श्रेष्ठ र स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिकाको संयोजक डा. शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
हेर्नुस् सहमति

 
 
  
 

You may also like