ब्रिटिस एजुकेशन लन्डनबाट नियुक्त विद्यालय निरीक्षक पायनेले गरे नमस्ते एकेडेमीको निरीक्षण

by समतल अनलाइन

बुटवल । ब्रिटिस एजुकेशन ग्रुप ब्रिटेन लन्डनबाट नियुक्त विद्यालय निरीक्षक डेबिड हर्बट पायनेले तिलोत्तमा स्थित नमस्ते एकेडेमीको निरीक्षण गरेका छन् । द ब्रिटिस कलेज काठमाडौँको व्यवस्थापनमा संचालित नमस्ते एकेडेमीले यस शैक्षिक सत्र २०८० देखि कक्षा १ देखि कक्षा ७ सम्म विश्वविख्यात क्याब्रिज विश्व विद्यालयको स्कुल पाठ्यक्रम संचालन गरिरहेको छ ।

यसको कार्यान्वयन पक्षको मूल्यांकन एवम् सहजीकरण तथा विद्यालयको समग्र शैक्षिक गुणस्तर मापनका लागि ब्रिटिस एजुकेशन ग्रुप ब्रिटेन लन्डनबाट नियुक्त गरिएका विद्यालय निरीक्षक पायनेले सोमबार र मंगलबार गरी दुई दिन लगातार विद्यालयका समग्र शैक्षणिक क्रियाकलापको निरीक्षण, अनुगमन र पृष्ठपोषण कार्यक्रम सम्पन्न भएको विद्यालयका प्राचार्य जिग्मे शेर्पाले जानकारी दिए ।

ससेक्स विश्वविद्यालय लन्डनबाट शिक्षा पाठ्यक्रम र मनोविज्ञानमा स्नात्तकोतर डेबिड पायनेले ग्रिनबिच विश्वविद्यालय लन्डनबाट राष्ट्रिय शैक्षिक नेतृत्व विषयमा थप योग्यता हासिल गरेका छन । हाल लन्डन विश्वविद्यालय साउथ बैकमा प्राध्यापन पेशामा कार्यरत डेबिड ब्रिटेनका प्रख्यात विद्यालय अनुगमन गर्ने सरकारी निकाय अपसेट विज्ञ रहेको जानकारी स्कुल हेड अरुण कुमार कँडेलले बताए ।

नमस्ते एकेडेमी मोफसलमा नै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर र सुविधा दिने लक्ष्यका साथ स्थापित संस्था हो । यसले विश्वको प्रतिष्ठित बेस्टन इन्टरनेश्नल स्कुल क्याम्पस चाइनासँग साझेदारी गरी चाइना , जापान , सिंगापुर ,क्यानडामा विद्यार्थी आदान प्रदान कार्य प्रारम्भ गरेको छ । यसै वर्ष नै नमस्ते एकेडेमीका विद्यार्थी मलेसिया , श्रीलंका पुगेर कराँतेमा नेपालकोे नाम उचो बनाउन सफल भएका छन् भने कक्षा १० का विद्यार्थी भर्खर सहायक प्राचार्य लिलामणि पाण्डेको नेतृत्वमा चाइनाको सफल भ्रमण सकेर फर्केका छन् ।

शैक्षिक गुणस्तर अभिबृध्दिका लागि नै प्राचार्य जिग्मे शेर्पाले क्याब्रिज विश्वविद्यालय लन्डनको भ्रमण गरी त्यहाँको पठन पाठन प्रणाली नमस्ते एकेडेमीमा लागु गरेका छन । डेभिड पायनेको निरीक्षण पनि यस विद्यालयको शैक्षिक गुणस्तर अन्तर्राट्रिय मापदण्ड अनुसार भएको प्रमाणित हुने विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

दुई दिने निरीक्षण कार्य सम्पादन पश्चात आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निरीक्षक पायनेले विद्यार्थी, शिक्षक तथा सम्बध्द कर्मचारीहरुको सामूहिक सहकार्यले नमस्ते एकेडेमी नेपालकै पायनियर संस्था बन्ने दिशामा अग्रसर रहेको र यसका शैक्षणिक क्रियाकलाप अत्यन्तै उल्लेखनिय तथा प्रशंसनीय रहेको कुरा उल्लेख गरे।

 
 
  
 

You may also like