एभरेष्टमा निःशुल्क आँखा तथा सुगर परीक्षण

by समतल अनलाइन

बुटवल। बुटवल–८ सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयमा निः शुल्क आँखा तथा सुगर परीक्षण सम्पन्न भएको छ । बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा एभरेष्ट इङलिस बोर्डिङ माध्यमिक विद्यालयको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारी गरी दृष्टिदोष भएका करिब २ सय ५० जनाको आँखा परीक्षण गरिएको थियो ।

त्यसैगरी १ सय १७ जनामा गरीएको मधुमेह परीक्षणमा ८ जनामा मधुमेह देखिएको र बाँकी सबैको अवस्था सामान्य रहेको परीक्षणमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । लायन्स क्लब अफ बुटवलका अध्यक्ष शरदमान श्रेष्ठ, सचिव रोशन कुमार श्रेष्ठ, मधुमेह परीक्षण संयोजक कमल के.सी., ल्याब प्राविधिक इन्दु पोख्रेल, ओप्थाल्मिक सहायकहरु पुष्पा मरासिनि तथा अनुषा ज्ञवाली र दृष्टि परीक्षक विनोद चौधरीको सहयोगमा उक्त शिविर सम्पन्न भएको थियो । विद्यालयका सह– प्राचार्य भिमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, लायन्स क्लब अफ बुटवलका अध्यक्ष शरदमान श्रेष्ठ तथा विद्यालयका उप–प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतित्थ्यता, मेडिकल असिस्टेन्ट अशोक ज्ञवालीको संयोजनमा सञ्चालन भएको उक्त कार्यक्रममा सहयोग पु¥याउनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिइएको थियो ।

प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता स्वास्थ्य परीक्षणका कार्यक्रमहरु विद्यालयले निरन्तर रुपमा सञ्चालन गरिरहेको र आगामी दिनहरुमा पनि यस कार्यले निरन्तरता पाउने विचार व्यक्त गर्नुभएको थियो भने सह–प्राचार्य भीमसेन गौतमले प्राविधिक सहयोग गर्ने लायन्स क्लब अफ बुटवलका पदाधिकारी र आँखा अस्पतालप्रति आभार प्रकट गर्नुभएको थियो ।

 
 
  
 

You may also like