औषधि हुने ठाउँमा फर्मासिष्टको दरवन्दी सिर्जना गर्न पहल गर्छु ः प्रदेश प्रमुख शेरचन

by समतल अनलाइन

बुटवल । आज विश्व फार्मेसी दिवस । बुटवलमा पनि शुभकामना आदानप्रदान गरी फार्मेसी दिवस मनाईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीले शुभकामना आदानप्रदान कार्यक्रम गरी विश्व फार्मेसी दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले औषधि वितरण मात्रै नभएर जनस्वास्थ्यका हिसावले पनि फर्मासिष्टको धेरै महत्व रहेको बताउनु भयो । उहाँले फर्मासिष्टका समस्या समाधानको लागि सरकारी तथा गैरसरकारी क्षेत्र औषधि भएको ठाउँमा फर्मासिष्टको दरवन्दी सिर्जना गराउनको लागि प्रदेश तथा संघीय सरकारसम्म पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । फार्मेसी संघले उठान गरेका माग जायज रहेको बताउँदै उहाँले जायज माग सम्बोधन गर्द सरकारसंग आग्रह गर्नुभयो ।


अहिले पनि दुरदराजमा कार्यालय सहयोगीका भरमा स्वास्थ्य संस्था चलिरहेको समाचार आईरहेको बताउँदै उहाँले यी सबैकुरालाई सुधार गर्ने काममा लाग्न सरकारलाई आग्रह गर्नुभयो । संघीयताको कार्यान्वयन पछि पनि केन्द्रिकृत मानसिकता त्याग्न नसकेका कारण पदेश तथा स्थानीय तहले राम्रोसंग काम गर्न नपाएको उल्लेख गर्दै उहाँले प्रदेशमा बनेका कानुन समेत कार्यान्वयनमा आउन नसकेको बताउनु भयो ।

कार्यक्रममा नेपाल फार्मेसी संघ रुपन्देहीका अध्यक्ष गणेश सेढाईले राज्यले ‘जहाँ औषधि, त्यहाँ फर्मासिष्ट’लाई अंगिकार गरेपनि कार्यान्वयन नहुनु दुःखद रहेको बताउँदै औषधिको प्रयोग हुने ठाउँमा अनिवार्य फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने माग गर्नुभयो ।

अन्तर्राष्ट्रिय फार्मास्युटिकल महासंघ (एफ.आई.पी.) परिषदको सन् २००९ मा टर्कीमा बसेको बैठकले सेप्टेम्बर २५ लाई विश्व फार्मासिष्ट दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । त्यसयता प्रत्यक वर्ष २५ सेप्टेम्बरमा फार्मासिष्ट दिवस मनाउँदै आईएको छ । यो वर्ष ‘फर्मासिष्ट स्टेन्थिनिङ हेल्थ सिष्टम’ भन्ने नाराका साथ फार्मेसी दिवस मनाईएको छ ।

संघका रुपन्देही अध्यक्ष सेढाईका अनुसार सन् २०१५ मा नेपाल फार्मेसी संघ गठन गरिएको थियो । त्यस्तै रुपन्देहीमा २०७८ मा जिल्ला शाखा गठन गरिएको थियो । संघका महासचिव उदयबहादुर खत्रीका अनुसार सहि औषधिको प्रयोगलाई प्रवद्र्धन गर्नको लागि राज्यका निकायमा फार्मेसीको दरवन्दी सिर्जना गर्नुपर्ने, औषधिको विक्रि वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्टको व्यवस्था गर्नुपर्ने संघले माग गर्दै आएको छ ।


फार्मासिस्ट औषधिका विज्ञ हुन्, औषधिको प्रयोगमा देखिने समस्यालाई समाधान गर्न र औषधि वितरणदेखि परामर्शसम्मको चरणमा हुने त्रुटिहरुलाई न्यून गरी विरामीको स्वास्थ्य रक्षा गर्नमा फार्मासिष्टहरुले अहम् भूमिका खेल्छन् भन्ने कुरालाई संघले जोड दिईएको छ ।
कार्यक्रममा नेपाल फार्मेसी संघका केन्दीय सदस्य ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, सल्लाहकार धर्मराज भट्टराईले शुभकामना व्यक्त गर्दै विश्वमा गलत औषधिको प्रयोगबाट प्रत्येक वर्ष ४ लाख ४० हजार मानिसको मुत्युहुने गरेको तथ्यांक प्रस्तुत गर्दै यो औषधि वितरण हुने स्थानमा फर्मासिष्टको अभावका कारण भएको र सुधारका लागि औषधि औषधि विक्रि वितरण हुने स्थानमा अनिवार्य फर्मासिष्ट हुनु पर्नेमा जोड दिनु भएको थियो ।

 
 
  
 

You may also like