कञ्चनका विजय पौडेल माथी सांघातिक आक्रमण, ३ जान प्रहरीको नियन्त्रणमा

by समतल अनलाइन

रुपन्देहीको कञ्चन गाउपालिका वडा नं. ५ को घन्श्यामचोकमा मोटरसाइकलमा आउदै गरेका विजय पौडेलमाथी सांघातिक आक्रमण गर्ने कञ्चनकै ३ जना ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार हिजो शनिवार राती करिब ८ बजेको समयमा मोटरसाइकलमा सवार कञ्चन १ बेलभरिया बस्ने अन्दाजी बर्ष ३७ का विजय पौडेलको मोटरसाइकल रोकी मार्ने उद्धेश्यका साथ केही अपरिचित ब्यक्तिहरुले एक्कासी आक्रमण गरेका थिए। आक्रमणबाट सख्त घाइते भएका विजय पौडेलले फोन मार्फत ईलाका प्रहरी कार्यालय रुद्रपुरमा आफुमाथी अपरिचित ब्यक्तिहरुले मरणाशन्न हुनेगरी कुटपित गरेको भन्ने खवर गरेका थिए।

पिडित पौडेलको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रुद्रपुरका प्रहरी नायव निरीक्षक धर्म कुमार खडकाको नेतृत्वमा गएको सुरक्षा टोलीले घटनास्थल पुगी सो स्थानको प्रारम्भिक अध्ययन तथा अनुसन्धानको क्रममा स्थानीयहरुसंग सोधपुछ गरी चारैतर्फ सुरक्षा गस्तीको परिचालन पश्चात शनिवार नै राती करिब १० बजेको समयमा घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय, रुद्रपुरका प्रहरी नायव निरीक्षक श्रीधर आचार्यले जानकारी दिनु भएको छ।

प्रहरीको नियन्त्रणमा पर्नेहरुमा जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं. ५ देउराली बस्ने बर्ष १९ का सञ्जिव क्षेत्री, सोही स्थान बस्ने बर्ष २३ का राज थारु र सोही स्थानमै बस्ने अन्दाजी ३३ का भरत कुमार दर्लामी रहेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जानकारी दिएको छ। पौडेलमाथी के कति कारणले कुटपिट गरेको भन्नेबारे निजहरुले कुनै कुरा नखोलेको र निजहरुमाथी गप अनुसन्धान सहित आवस्यक कार्वाहीका लागि ईलाका प्रहरी कार्यालय सालझण्डी पठाइएको ईप्रका रुद्रपुरका प्रहरी नायव निरीक्षक आचार्यले जानकारी दिनु भएको छ।

पिडित पौडेल आफन्तको मरुमा घोटारी लिई आफ्नो घरतर्फ फर्किनेक्रममा उक्त घटना भएको थियो । आक्रमणबाट पौडेलको टाउकोमा बढी चोट तथा शरिरभरी निलडाम रहेको र पिडित पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ

 
 
  
 

You may also like