गुल्मीमा तिन जनाको विभत्स हत्या गर्ने अभियुक्त पक्राउ

by समतल अनलाइन

बुटवल । गुल्मीको चन्द्रकोट गाउँपालिकामा दुई जना बालिका सहित एक महिलाको विभत्स हत्या गर्ने दुईजना अभियुक्त पक्राउ परेका छन्् । हत्यामा संलग्न भएको आरोपमा वाग्लुङको गल्कोट नगरपालिका वडा नं.८ ज्यामिरेका पुर्ण बहादुर सुनार र सोहि ठाउँकै १९ बर्षिय माधव सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

दुई जना अभियुक्त प्रक्राउ परेका छन्् भने एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी मिन घलले जानकारी दिनु भएको छ । दुई जना बालिका र महिलाको निर्ममता पूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुई जनालाई प्रहरीले गत बुधवार राती पोखरा महानगरपालिका वडा नं.२५ हेम्जाबाट डेरामा बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी जनाएको छ ।

द्धय अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो । हत्या आरोपितलाई प्रहरीले शुक्रवार (हिजो) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । झण्डै १५ दिन अगाडि बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचान सँगै हत्यारा सार्वजनिक गरिएको हो ।

आरोपित सार्वजनिक भएसँगै शवको पनि पहिचान खुलेको छ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं.३ हरकपुर घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीय सरिता भन्ने शिवमायाँ लिम्बू र उनका ७ वर्षीय जुमल्या छोरी गंगा र जमुनाको हत्या भएको प्रहरीले जनाएको छ ।

फेला परेका ३ वटै शवहरुको भने आज मात्रै पोष्टमार्टम गरि आफन्तलाई वुझाईने गुल्मी प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान लगायत आफन्तहरु संग फोन सम्पर्क भएपनि टाढा वाट आउन ढिलाई भएको वताईएको छ । लामो समय सम्म शवहरु गुल्मी अस्पतालमा राख्ने ब्यवस्था नहुँदा तीनवटै शवहरु पाल्पा अस्पतालमा राखिएका छन्् ।

हत्याको कारण भने कर्तव्य गरी मारेको तथ्य खुल्न आएको प्रहरीले वताएको छ । प्रहरीले यही कात्तिक १६ गते तीन जनाको निर्मतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर टाढा बेवारिसे अवस्थामा शव फेला पारेकोे थियो ।

सार्वजनिक गरिएका २ जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक घलेले बताउनु भएको छ । पक्राउ परेका अभियुक्त पूर्ण बहादुर सुनारले लामो समय देखि उक्त महिला सँग शारिरिक सम्पर्क राख्दै आएको बुझिएको छ ।

लामो समय शारीरिक सम्पर्क राखेपछि महिलाले सुनारलाई छाड््न नचाहेपछि केही समयपछि सुनारकी जेठी श्रीमती र पुर्ण बहादुर सुनार तनाव रहेकाले त्यही विषयलाई लिएर हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान वाट खुल्न आएको र घटनाको वारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 
 
  
 

You may also like