गुल्मी हुँगाका अशोक पौडेलले अन्डर–१९ क्रिकेटको बन्द प्रशिक्षणमा

by समतल अनलाइन

बुटवल । गुल्मीको हुँगाका अशोक पौडेल अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका छन् ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. १ हुँगामा जन्मिएका पौडेल अहिले अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको क्लोज क्याम्पमा परेका हुन । बुवा शोभाखर पौडेल र आमा तुल्सा पौडेलको काखबाट जन्मिएका अशोकको बाल्यकाल गुल्मीमै वित्यो । कक्षा १ देखि ३ सम्म गुल्मीमै पढेका उनले कक्षा ४ र ५ भने बुटवलमा रहेको ह्वाईड बोडिङ स्कुलमा पढे । त्यसपछि अध्यायनका लागि उनी काठमाडौं पुगे । क्रिकेट खेल प्रति उनको रुची भएपनि गाउँमा त्यत्ति सहज भएन । उनी अध्यायनकै लागि काठमाडौंमा पुग्दा १२ बर्षको उमेरमा क्रिकेट खेल्न सुरु गरे ।


काठमाडौंमा रहेको ग्रेड हिमालय क्रिकेट एकेडेमी बाट प्रशिक्षण लिएपछि औपचारिक क्रिकेट खेल्न थालेका पौडेल अथक मेहनत र परिश्रम बाट अन्डर–१९ राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा परेका हुन । बन्द प्रशिक्षणमा पर्नु अघि उनले प्रदेश स्तरिय क्रिकेट खेल समेत खेलेका थिए ।

अन्डर–१९ प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा ३ बर्ष सम्म बाग्मती प्रदेशबाट खेलेका अशोक बुवा र आमाको प्रेरणाले नै क्रिकेटमा रुची बढ्दै गएको बताउँछन् । अन्डर–१९ मा पहिलो पटक छनोट भएपनि ईन्जुरीका कारण खेल्न नपाएका अशोकले पछि प्रधानमन्त्री कप क्रिकेट खेले । नुवाकोट बाट पिएम कप खेलका अशोकले काठमाडौं विरुद्ध ६० रन बनाएका थिए । त्यसपछि फेरी ईन्जोरी भयो । ‘खेल्ने क्रममा ईन्जोरी भएपछि डाक्टरले ४० दिन आरा मगर्न सल्लाह दिनुभएको थियो । तर २० दिनपछि अन्डर–१९ को गेम भएकोले २० दिनमै खेल खेले बाग्मतीबाट । त्यो बेला कर्णालीलाई ५८ रन हानेको थिए’ उनले भने ।

उनले अहिले बन्द प्रशिक्षणमा भएपनि आफु अन्डर–१९ राष्ट्रिय टिममा पर्ने आशा गरेको बताए । उनले आफुले क्रिकेट खेल्ने मौका पाए देशका लागि क्रिकेट खेल्ने बताए ।

 
 
  
 

You may also like