पहिलो पाइला बुद्धभुमी शाखाद्वारा संविधान दिवसमा दिप प्रज्वल

by समतल अनलाइन

कपिलवस्तु । संविधान दिवसको अवसरमा पहिलो पाईला नेपाल बुद्धभुमी शाखाले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बुद्धभुमी न. पा. ४ हनुमानचोक मा दिप प्रज्वलन गरि सम्पन्न गरिएको हो।

पहिलो पाईला नेपाल बुद्धभुमी शाखा का अध्यक्ष सरोज भुसाल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बुद्धभुमी नगर पालिका वाड न. ४ का वाड अध्यक्ष सुशील थारु रहनु भएको थियो । वाड अध्यक्षले संविधान कार्यान्वयन सँगै देशलाई समृद्धिसँग जोड्नु पर्ने बताउनु भएको थियो । संविधान जारी भएको ८ वर्ष पुगेको सुखद अवसरमा पहिलो पाइला नेपाल बुद्धभुमी शाखा युवाहरु ले गरेको कामको प्रसंसा गर्नु भएको थियो ।

कार्यक्रममा पहिलो पाईला नेपाल बुद्धभुमि शाखा अध्यक्ष सरोज भुसाल ले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दिन तथा राष्ट्रिय दिवस २०८० को अवसरमा सम्पूर्णलाई शुभकामना दिनु भएको थियो ।

पहिलो पाईला नेपाल बुद्धभुमी शाखा सदस्य दिलिप थारु को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like