प्रधानमन्त्री प्रचण्ड र नर्वेका प्रधानमन्त्रीबीच राष्ट्र संघको मुख्यालयमा भेटवार्ता

by समतल अनलाइन

न्यूयोर्क । संयुक्त राष्ट्रसङ्घको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए । प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा संवादलाई निरन्तरता दिइरहेका छन् ।

 
 
  
 

You may also like