देशभरका शिक्षक काठमाडौंको आन्दोलनमा

by समतल अनलाइन

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका छन् । विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर देशभरका शिक्षकहरू सरकारलाई दबाब दिन काठमाडौं आइपुगेका छन् ।

जिल्ला जिल्लाबाट बस रिजर्भ गरेर काठमाडौं आइपुगेका शिक्षकहरू शिक्षक महासंघको नेतृत्वमा सडकमा उत्रिएका हुन् । महासंघकी अध्यक्ष कमला तुलाधरले देशभरबाट आइपुगेका शिक्षकहरू सडकमा उत्रिएको बताइन् । चार लाख शिक्षक र कर्मचारीको हकहितविपरीत विधेयक आएको उनको भनाइ छ । विद्यालय बन्द भए पनि माग पूरा भएपछि विद्यार्थीको सिकाइमा असर नपर्ने गरी पढाउने उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाए पनि महासंघले वार्तामा नबस्ने घोषणा गरेको छ । विधेयक संसदमा दर्ता भएकाले शिक्षा मन्त्रालयसँग वार्ता गर्नुको औचित्य नरहेको महासंघको निष्कर्ष छ ।

 
 
  
 

You may also like