इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाइ

by समतल अनलाइन

बुटवल । बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन ।स्कुलमा गठित इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित भुवनसिंह मार्गको डेढ किलोमीटर र पुर्वदेवसिद्दनगरको एक किलोमीटर सडकमा सरसफाइ गरिएको थियो ।

बाताबरणलाई स्वच्छ राख्नुपर्ने र डेङु नियन्त्रण गर्ने अभियान स्वरुप यो कार्यक्रम गरीएको बाल क्लबकि अध्यक्ष नेहा भारीले जानकारी दिइन ।

कक्षा ६देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरुले सडक वरपरका घरहरुका मानिसहरुलाई बाताबरण प्रदुसित नगर्न र प्लास्टिक जन्य फोहोरहरुलाई जथाभावी नफाल्न समेत अनुरोध गरेका थिए ।

स्कुलको बाल क्लबद्वारा बिहीबार बिहान संचालन गरिएको कार्यक्रम बालदिवसका अबसरमा गरिएको स्कुलका अतिरिक्त क्रियाकलाप सम्योजक सुरज बि क ले जानकारी दिएको थिए ।

 
 
  
 

You may also like