नेम्वाङको निधनले प्रतिनिधिसभाको बुधबारको बैठक स्थगित

by समतल अनलाइन

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण यही भदौ २७ गते बुधबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सूचना जारी स्थगन भएको बैठक सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे तोकेको जनाएका छन् । आजका लागि निर्धारण भएको प्रतिनिधिसभाको संसदीय सुनुवाइ समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि स्थगन भएको छ ।

 
 
  
 

You may also like