रायमाझी कुलदेवता बुटवल नगरसमितिकाे तिज मिलन तथा सम्मान

by समतल अनलाइन

बुटवल । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा रायमाझी कुलदेवता बुटवल नगरसमितिले शुक्रबार तिज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

रायमाझी कुलदेवता नगरसमितिले आयोजना गरेको तिज मिलन तथा सम्मान कार्यक्रमका प्रमुख अथिति केन्द्रिय सदस्य टोप बहादुर रायमाझीले तिजको अवसरमा शुभकामना दिदै नगर समितीले रक्तदान, तिज मिलन तथा एस.र्ई.ई. उत्कृष्ट भएका बाबु नानीहरुलाई सम्मान लगायत विभिन्न सामाजिक कार्य गरेकोमा प्रसंसा गर्नु भएको थियो । उहाँले यस्ता कार्यक्रमको आयोजनाले रायमाझी बन्धुहरुमा भाईचारा, एकता र सद्धभावको विकाश हुने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ठ अथिति रायमाझी कुलदेवता बुटवल नगर समितिका संरक्षक तथा केन्द्रिय सदस्य नारायण रायमाझीले नगरसमितीको स्थापनाको बारेमा बताउँदै सानो संख्याबाट शुरु भएको समिती आजको अवस्थामा आएकोेमा आफु अत्यन्तै खुसी भएको बताउनुभयो । उहाँले समितिले हरेक रायमाझीहरुको सुख र दुखमा साथ लिएर अगाडी बढ्न सुझाव दिनुभयो ।

रायमाझी कुलदेवता नगर समितीका अध्यक्ष दिपक रायमाझीले तिजका अवसरमा शुभकामना दिंदै सम्पूर्ण रायमाझी बन्धुहरु एकजुट भई कार्यक्रम सफल बनाउनु भएकोमा धन्यवाद दिनुभएको थियो । त्यसैगरी समितिका सल्लाहकार होम बहादुर रायमाझीले तिजको अवसरमा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा अथितिहरु समितिका सल्लाहकार यातायात ब्यवस्था कार्यालय बुुटवलका लेखा अधिकृत गणेश रायमाझी , प्रेस सल्लाहकार राजेन्द्र जङ्ग रायमाझी, अर्जुन रायमाझी , यज्ञ रायमाझी, राजन, रायमाझी, उपाध्यक्ष भगवती रायमाझी, समितीका सदस्यहरु लगायतको आथित्तता रहेको थियो ।

कार्यक्रममा २०८९/८० को एस.ई.ई.मा उत्कृष्ट नतिजा प्राप्त गर्ने सभनव रायमाझी, सालिना रायमाझी, नर्भिक रायमाझी र विश्वास रायमाझीलाई कदरपत्रले सम्मान गरिएको थियो ।

रायमाझी कुलदेवता नगरसमितिका अध्यक्ष दिपक रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन सचिव रामु रायमाझीले गर्नुभएको थियो भने कार्यक्रममा उपाध्यक्ष लक्ष्मी रायमाझीले स्वागत तथा सहजिकरण गर्नुभएको थियो ।

देविनगरको थ्रि पोर्ईन्न्ट पार्टी प्पालेसमा सम्पन्न कार्यक्रममा उल्लेख्य संख्यामा चेलीबेटीहरुको उपस्थिती रहेको थियो ।

 
 
  
 

You may also like