नमस्ते नेपालद्वारा अनाथ आश्रममा तिज मिलन तथा खाने कार्यक्रम

by समतल अनलाइन

बुटवल । रुपन्देहीको तिलाेत्तमा -१५,काेटिहवामा रहेकाे नेपाल अविनाश अनाथ आश्रमका बालबालिकाहरुलाई शनिवार नमस्ते नेपालले  तीज मिलन कार्यक्रम गरि दर खुवाएकाे छ ।

सहाराविहीन १९ जना बालबालिकाहरु,बाल क्लवका पदाधिकारीहरु  र नमस्ते नेपालकाे सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे । साे कार्यक्रमका मुख्य अतिथि एवम् नमस्ते नेपालका सल्लाहकार दलबहादुर गुरुङले नमस्ते नेपाल सशक्त सामाजिक संस्था रहेकाे र यसले हरेक विधामा रहेर युवाहरुलाई समेट्दै अघि बढेकाे बताए । उनले सहाराविहीनहरुकाे सहारा बन्ने अभियानमा नमस्ते नेपाल सक्रिय रहेकाेले अनाथ आश्रममा यस्ताे पवित्र कर्म गर्न सकेकाेमा धन्यवादज्ञापन गरे ।

उक्त कार्यक्रममा १९ जना बालबालिकाहरुलाई विशाल न्याैपानेले आफ्नाे गच्छे अनुसारकाे आर्थिक सहयाेग गरे । कार्यक्रमलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे भन्दै नमस्ते नेपालका कार्यसमिति सदस्य विपीन नेपाललाई प्रशंसा- पत्रद्वारा सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्याैपाने,कलाकार बेनु थापा,सिद्धबाबा मन्दिर विकास समितिका सदस्य कृष्ण पाण्डेय र नेपाल अविनाश अनाथ आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली,दीपेश कंडेलकाे सार्थक सहभागिता रहेकाे नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेलले बताए ।

कार्यक्रममा माैलिक तीज गीत र नृत्य समेत सहभागीहरुले प्रस्तुत गरेका थिए । उपाध्यक्ष सुशील सुवेदीकाे स्वागत,सचिव सन्दिप क्षेत्रीकाे  सञ्चालन र अध्यक्ष मनीष भुसालकाे अध्यक्षता साे कार्यक्रम सम्पन्न भएकाे थियाे ।

 
 
  
 

You may also like