कृषि उत्पादन गरेर वर्षैभरि खान पुग्ने परिवार ४५ प्रतिशत मात्रै

by समतल अनलाइन

काठमाडौं । कृषिप्रधान देश नेपालमा कृषि उत्पादन गरेर वर्षैभरि खान पुग्ने परिवारको संख्या ज्यादै कम रहेको पाइएको छ ।
कृषि उत्पादन गरेर वर्षैभर खान पुग्ने परिवारको संख्या ४५ प्रतिशत मात्रै रहेको कृषि गणना ०७८ को तथ्यांकले देखाएको छ ।

बिहीबार सार्वजनिक सातौँ कृषि गणनाको तथ्यांकअनुसार ३९ लाख ९९ हजार परिवार खेतीपातीमा आबद्ध छन् भने एक लाख ३२ हजार परिवारले पशुपक्षी पालन गरेका छन् । ०६८ को छैटौँ गणनाअनुसार ३७ लाख १६ हजार परिवारले खेतीपाती गरेको र एक लाख १६ हजारले पशुपक्षी पालेका थिए ।

अहिले यो परिवार संख्या बढेको पाइएको हो । राष्ट्रिय कृषि गणना ०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणनाअनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ ।

 
 
  
 

You may also like