जिल्लास्तरीय कविता प्रतियोगितामा ग्लोरी र सैनामैना मोमोरीयल विजयी

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा भएको जिल्लास्तरीय कविता प्रतियोगितामा ग्लोरी बोर्डिङ र सैनामैना मेमोरीयल प्रथम भएका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन नेपाल (एन प्याब्सन) रुपन्देहीकोे आयोजनामा भएको सिनियर तर्फको कविता लेखन तथा वाचन प्रतियोगितामा ग्लोरी बो. स्कुलका सृस्टि भण्डारी प्रथम र जुनियर तर्फको कविता प्रतियोगितामा सैनामैना मेमोरियल स्कुलका विद्यार्थी आयुषा पोखरेल प्रथम भएकी हुन् ।

यस्तै कवितातर्फ सिनियरमा सगरमाथा आवासीय माविका कृति न्यौपाने द्वितीय, देवदह बोर्डिङ स्कुलका शेखर पाण्डेय तृतीय भएभने नमुना एभरग्रिन बोर्डिङ्ग स्कुलका विद्यार्थी सलिना सारुले सान्त्वना स्थान हासिल गरे । । यस्तै कवितामै जुनियरतर्फ सगरमाथा आवासीय माविकी सायना रोका द्वितीय, स्कलर्स होम सेकेण्डरी स्कुलका सचेत पन्थी तृतीय र देवदह र्बोिर्डङ स्कुलका निकिता पौडेलले सान्त्वना स्थान हासिल गरेको एन प्याब्सनका सहसचिव बिनोद थापा मगरले जानकारी दिनुभयो । यस्तै शुक्रबारनै भएको जिलास्तरीय निवन्ध लेखन प्रतियोगितामा सगरमाथा सेकेण्डरी स्कुलका प्रंशशा अधिकारी प्रथम, स्कलर्स होम ई.बो.स्कुलका विद्यार्थी श्लेशा शर्मा द्वितीय, सुनगाभा पब्लिक सेकेण्डरी स्कुलका कृष्टि ज्ञवाली तृतीय भइन । यस्तै प्रतियोगितामा स्काई ल्याण्ड ई.बो.स्कुलका विद्यार्थी चादनी वानियाले प्रोत्साहन पुरस्कार हात पारेको एन प्याब्सनले जनाएको छ ।

कवितातर्फ ४० र निवन्धतर्फ २१ विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका सिनियर जुनीयरतर्फका सबै विजेताले जनही दुई हजार पाँच सय, द्वितीयले जनही दुई हजार, तृतीयले जनही एक हजार पाँचसय र सान्त्वना भएकाले जनही एकहजार नगद, शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेका हुन् । एन प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै एन प्याब्सन नेपालका केन्द्रीय सचिव कृष्ण पौडेलले शैक्षिक विकासमा संस्थागत विद्यालयको भुमिका अतुलनीय भएको उल्लेख गर्दै ठुलो शैक्षिक जनशक्ति उत्पादनमा क्रियाशिल निजी विद्यालयलाई हेर्ने दृष्टिकोट सकारात्मक हुनु पर्ने बताउनुभयो । पछिल्लो समय चर्चामा आएको शिक्षा ऐनका बारेमा निजी विद्यालयहरुको एकै किसिमको धारणा रहेको बताउदै उहाँले संस्थागत विद्यालयप्रति गर्ने राज्यको विभेदकारी ब्यवहार सच्चिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

एन प्याब्सनका केन्द्रीय सदस्य विष्णु पौडेलको संयोजनमा भएको कार्यक्रममा एन प्याब्सनका केन्द्रीय सदस्य देउप्रकाश राई, केन्द्रीय सल्लाहकार राजु गुरुङ्ग, उपाध्यक्ष विलप्रसाद गुरुङ्ग, सचिव बाबुराम बन्जाडे लगायतले विजयी विद्यार्थीलाई बधाई दिदै शैक्षिकसँगै अतिरिक्त कृयाकलापले विद्यार्थीलाई थप जुजारु र सृजनशिल हुने बताउनुभयो ।

 
 
  
 

You may also like