भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने

by समतल अनलाइन

काठमाडौँ । भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । भुटानको पारा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही भदौ २३ गते (सेप्टेम्बर ९) सिधा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुक एयरले उडान गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यो उडान चार्टर उडान हुने उनले बताए ।

उनले भने, ‘भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सेप्टेम्बर २३ मा सिँधै उडान गर्ने छ । यो उडान चार्टर्ड उडान हुनेछ ।’ ड्रक एयरको विमान पोखराबाट सिधा पाराको लागि नै उड्नेछ । पोखरामा ड्रुक एयरको विमान आउनु सुखद रहेका निरौलाले बताए । उनले भने, ‘पोखरामा ड्रक एयरको विमान आउनु सुखद कुरा हो । बिस्तारै अन्तर्राष्ट्रिय विमानहरू थपिँदै जानेछन् ।’

 
 
  
 

You may also like