चालु पुँजी कर्जाको सीमा बढ्यो

by समतल अनलाइन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगको हकमा रु तीन करोडसम्मको चालु पुँजी कर्जाको सीमा निर्धारण गरेको हो । यसअघि उक्त उद्योगका लागि रु एक करोडसम्म थियो । उद्योगी, व्यवसायी, बैंकर र अर्थ मन्त्रालयको आग्रहपछि राष्ट्र बैंकले विद्यमान व्यवस्था संशोधन गर्दै चाुू पुँजी कर्जा परिमार्जन गरेको हो ।

‘कुनै फर्म-संस्था-कम्पनीलाई एक वा एकभन्दा उत्पादनमूलक उद्योगको हकमा रु चार करोडसम्म) को चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल रु दुई करोडसम्म कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्दछ, यस्तो कर्जाको अवधि एक वर्ष वा सोभन्दा कम हुनुपर्नेछ र यस्तो कर्जा सीमा नवीकरणयोग्य हुनेछ’, संशोधित मार्गदर्शनमा उल्लेख छ ।

 
 
  
 

You may also like