चुरियामाईमा तीर्थयात्री चढेको बस खोलामा खस्यो, सातको मृत्यु, १९ जना घाइते

by समतल अनलाइन

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री चढेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ६ भारतीय नागरिक र एक जना नेपालीको ज्यान गएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । चालकसहित २७ यात्रु रहेको बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आइसकेको छैन ।

 
 
  
 

You may also like