एशियाली शारिरीक सुगठन प्रतियोगिता १५ भदौमा हुने, २५ मुलुकको सहभागिता

by समतल अनलाइन

काठमाडौं । एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिता १५ भदौमा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले गर्न लागेको ५५ औं एशियाली शारिरीक सुगठन तथा फिजिक्स स्पोर्टस् प्रतियोगिताको अन्तिम तयारी पुरा भएको हो ।

उक्त प्रतियोगितामा हालसम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेका छन् । एशियाली मुलुकहरुले भाग लिने उक्त प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा हुनेछ । एशियाली प्रतियोगितामा पुरुषतर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुने महासंघले जानकारी दिएको छ ।

एक बिधाको खेलमा भने महिला र पुरुष दुबैपक्षलाई समावेस गराईने छ । प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने छ । महासंघले आयोजना गर्न लागेको यस कार्यक्रम ७ दिनसम्म सञ्चालन हुनेछ

 
 
  
 

You may also like