राष्ट्रिय मान्यता प्राप्त दलको बैठक आज पनि बस्दै

by समतल अनलाइन

काठमाडौँ । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न आज (सोमबार) पनि राष्ट्रिय मान्यता प्राप्त दलको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल गरेर सोमबारका लागि बैठक पुनः बोलाइएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग पनि छलफल गरेर निचोडमा पुग्न आजका लागि अर्को बैठक बोलाइएको उनले बताए । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार सदनको कारवाहीमा अवरोध गर्दै आएको छ । आजको छलफलले मध्यमार्गी बाटोबाट संसद खुलाउन सहमति जुट्ने विश्वास नेताहरुले गरेका छन् ।

 
 
  
 

You may also like