नेपाल प्रहरीका ६ एसएसपीहरूको पनि सरुवा हुँदै, को कहाँ पुग्दैछन् ?

by समतल अनलाइन

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीहरूको सरुवा तयारी भएको छ । प्रहरी प्रमुख आईजीपी वसन्त कुँवरले ६ जना एसएसपीहरूको अदलबदलका लागि गृह मन्त्रालयमा प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयबाट निर्णय हुन भने बाँकी छ ।

जस अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीलाई महिला बालबालिका सेलमा पठाउने गरी प्रस्ताव गरिएको छ । यस्तै उनको ठाउँमा सोमेन्द्र सिंह राठौरलाई पठाउन भनिएको स्रोतले जनाएको छ ।

यस्तै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीलाई आईजीपीको कार्यालयमा पठाएर त्यहाँ रहेका भूपेन्द्र खत्री काठमाडौंमा सरुवा प्रस्ताव गृहमा पुगेको स्रोतले जनाएको छ । त्यसैगरी ललितपुरमा सीआईबीका दिनेश आचार्यलाई पठाएर त्यहाँ रहेका सिद्धि विक्रम शाह सीआईबीमा ल्याउन भनिएको छ ।

 
 
  
 

You may also like