एभरेष्टमा विविध साँस्कृतिक कार्यक्रम

by समतल अनलाइन

बुटवल । सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । साँस्कृतिक कार्यक्रमअन्तर्गत कक्षा एलकेजी र यूकेजी अन्तर्गत राइम्स गायन प्रतियोगिता सम्पन्न भएको छ ।

जसमा कक्षा एलकेजीबाट प्रसिद्वी गैरे प्रथम, सुलभ ढुङ्गाना द्वितीय र खुसी शर्मा तृतीय तथा कक्षा यूकेजीबाट कृपा वस्याल प्रथम, कृष न्यौपाने द्वितीय र शान्भी गुप्ताले तृतीय स्थान प्राप्त गरेका छन् ।

त्यस्तै कक्षा १, २ र ३ अन्तर्गत लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जसमा कक्षा १ बाट गरिष्मा जि.सी. प्रथम, सारा थापा द्वितीय र अंकित श्रेष्ठ तृतीय, कक्षा २ बाट जेरी राना प्रथम, जेनिसा पौडेल द्वितीय र रस्विन हमाल तृतीय तथा कक्षा ३ बाट अन्शु वस्याल प्रथम, मौसमी रसाइली द्वितीय र अनुष्का पाण्डेले तृतीय स्थान प्राप्त गरेका छन् भने कक्षा ४ देखि १० अन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिताका छनोट प्रकृया सम्पन्न भएका छन् । विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्य, संयोजकद्वय आशा भुसाल र शारदा अर्यालको संयोजकत्वमा सम्पन्न उक्त प्रतियोगितामा कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय श्रेया भुसाल र निर्जला शर्माले गर्नुभएको थियो ।

विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यालय अहोरात्र लागिपरेको र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो । मदन नेपाली र दीपा रानामगरको निर्णायकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 
 
  
 

You may also like