तस्करीको जालो तोड्दै रुपन्देही एसपी भरत,दुईदिनमै ४० लाखको अवैध सामान बरामद

by समतल अनलाइन

रुपन्देही ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दुईदिनमै ४० लाख भन्दा बढिको अवैध सामान बरामद गरेको छ ।शुक्रबार सिमावर्ती क्षेत्रबाट भन्सार छलि गरि ल्याएका विविध सामाग्रीलाई नियन्त्रणमा लिईएको रुपन्देही प्रहरीले जनाएको छ । जसमा रुपन्देहीको मायादेवि गाउँपालिका वडा न.६ बेथरीबाट २७ लाख ४७ हजार ४ सय बराबरको अवैध सामाग्री बरामद गरिएकोे छ । रुपन्देही जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले ना ३ ख ४४१३ नं.को ट्रकलाई शंका लागि चेकजाच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा थानको कपडा १५१४ मिटर,साडी ४७४ पिस, सुट ५०८ पिस, वुलाउज ५५ पिस ट्रक, लेङ्गा ५पिस,पेटिकोट ६ पिस,सल २७ पिस, लुङगि १२ पिस, जेन्स कट्टु ८५ पिस, सेण्डो भेष्ट ८० पिस, सुति साडी ९२ पिस र टप्स ४६ पिस सामान नियन्त्रणमा लिईएको रुपन्देही प्रहरी उपरिक्षक भरत बहादुर वि.कले जानकारी दिए ।

यस्तै,बिहिबार रुपन्देहीको रोहिणी गाउँपालिका वडा नं. ३ सेमरहवा चोकबाट १२ लाख ६२ हजार २सय ‍वरावरको सामान बरामद भएको छ ।एसपी वि.कका अनुसार ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लु १ च ५८३१ नं. पिकअपमा ल्याउँदै गरेको अवस्थामा माला १ बोरा,जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा नियन्त्रणमा ल्याईएको हो ।

पक्राउ पर्ने ट्रकचालक जिल्ला स्याङजा पुतलीबजार नगरपालिका वडा न.१३ बस्ने बर्ष ४०का लाल बहादुर वि.क,पिकअप चालक नवलपरासी सुनवल नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३७ को संगित कुमार खरविन र बरामद सामान,सवारी साधन सहित आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

गैरकानुनी काम गर्ने जो कसैलाई पनि नछाड्ने एसपी भरत बहादुर वि.कले बताएका छन् ।अवैध रुपमा हुने गतिविधिलाई निरुत्साहित पार्दै समाजमा शान्ति,सुरक्षा र अमनचयन कायम गर्ने प्रमुख ध्ये रहेको उनको भनाई छ । एसपी वि.क भन्छन तस्करीलाई नियन्त्रण गर्न विशेष योजना बनाएर अघि बढेका छौँ,कानुन भन्दा माथी कोही छैन्,गलत गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउने दृढता व्यक्त गरे ।

वषौँदेखि तस्करीको जालो बनेको रुपन्देहीलाई एसपी भरत बहादुर वि.कको यो रणनितिक प्रयासले अवैध क्रियाकलापलाई निरुत्साहित बनाउदै छ ।अवैध लागुऔषध नियन्त्रण,फरारप्रतिवादी पक्राउ,सचेनामुलक कार्यक्रम,घटनाको तत्काल कानुनी उपचार र शान्ति सुरक्षाको प्रत्याभुतिले आम जनताबाट रुपन्देही प्रहरीलाई स्यावासको पात्र मानेका छन् । रुपन्देहीका प्रहरी प्रमुख भरत बहादुर वि.कद्धारा मातहातका युनिटहरुलाई गरिएको कुशल परिचालन र रणनितिक योजनाले परिणाममुखी काम देखिएको प्रति आफु सन्तुष्टि भएको महशुस गरेका छन् । प्रहरी भित्रै गलत गर्ने र विभागीय गोपनियता भंग गर्ने केही प्रहरीलाई तत्काल कार्वाहिको दायरामा ल्याएको समेत पाईएको छ ।

 
 
  
 

You may also like