73
काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष डा. रुप ज्योतिविरुद्ध ठगीको मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ ।
उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौंमा निवेदन दिएपछि ज्योतिविरुद्धको मुद्दा अदालत नपुग्ने देखिएको हो ।
मल्लले ज्योतिबाट बैनाबापतको रकम पाइसकेको भन्दै बुधबार सरकारी वकील कार्यालयमा जाहेरी फिर्ता लिने भनेर निवेदन दिएका थिए ।
सरकारी वकील कार्यालयले बिहीबार नै यस विषयमा थप अनुसन्धानको प्रतिवेदन (मिसिल) लाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइसकेको छ । आर्थिक अभियान दैनिकबाट