राष्ट्रिय प्राथमिकताको अनुसन्धान अब बुटवलबाट

by समतल अनलाइन

बुटवल। बुटवल बहुमुखी क्याम्पसका उप-प्रा. डा. अरुण कुमार क्षेत्री र डा. तिलक भुसालले यस वर्ष त्रिभुवन विश्वविद्यालय अनुसन्धान विकास तथा समन्वय परिषद (RCDC) बाट छनोट भई अंग्रेजी शिक्षकका कक्षा कोठाका क्रियाकलाप अध्ययन गर्न सुरुवात गरेको कुरा आज एक समारोह विच जानकारी गराउनुभएकाे छ। बुटवल बहुमुखी क्याम्पसकाे सभाहलमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न १६ वटा निजी तथा सरकारी विद्यालयका मावि तहका शिक्षक, विद्यार्थी, हेडमास्टर तथा तालिम प्रशिक्षकबाट सूचना सङ्कलन गरि अंग्रेजी विषय शिक्षणमा सुधार ल्याउने अभिप्रायले उक्त अनुसन्धान गर्न लागेको उप-प्रा. डा. अरुण कुमार क्षेत्रीले जानकारी गराउनुभयो ।

त्रिभुवन विश्व विद्यालयका रेक्टर प्रा.डा शिवलाल भुसाल, अनुसन्धान केन्द्रका प्रमुख प्रा.डा इश्वर कोइराला तथा सुमन्त घिमिरेकाे आतिथ्यतामा भएको कार्यक्रमकाे सञ्चालन डा.तिलक भुसालले गर्नुभएको थियोे । कार्यक्रममा उपस्थित सम्पूर्णमा अनुसन्धान परियोजनाको विवरण डाक्टर अरूण क्षेत्रीले पेस गर्नुभएको थियोे ।कलेजका प्रमुख,विद्यार्थी तथा अनुसन्धानकर्ताकाे उपस्थितिमा भएको उक्त कार्यक्रममा विभिन्न रिसर्च प्रोजेक्टहरुको जानकारी समेत प्रदान गरिएको थियोे ।कार्यक्रममा बाेल्दै प्रा.डा शिवलाल भूसालले विश्वविद्यालयका समग्र शैक्षिक गतिविधी सुधार गर्न अनुसन्धानले ठूलो भूमिका निभाउने बताउनुभएको थियोे ।

दुइ वर्षमा सम्पन्न गर्ने उक्त अनुसन्धान परियोजनाको कुल लागत दस लाख रहने समेत जानकारी गराउनुभयाे।

 
 
  
 

You may also like