लियो क्लव अफ कञ्चन रुपन्देहीद्वारा निःशुल्क आँखा परिक्षण शिविर संचालन

कञ्चन। देशैभरी आँखा दुख्ने रोेग फैलिरहेको समयमा त्यसको नयुनिकरण गर्ने उद्धेश्यका साथ लियो क्लव अफ कञ्चन रुपन्देही निःशुल्क आँखा परिक्षण शिविर संचालन संचालन गरेको छ।

वल्र्डलिंकको आर्थिक सहयोग तथा लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा संचालन गरिएको शिविरमा ७१५ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा आँखाको जाँच गराई सेवा लिएका छन। गाउँघरमै आँखाको जाँ गराउन पाएकोमा स्थानीयहरु पनि खुशी भएका छन। समय र प्रसाको बचतसंगै निशल्क रुपमा आँखा जाँच गराउन पाएकोमा खुशी हुदै एक सेवाग्राहीले आयोजक संस्थालाई धन्यवाद समेत ब्यक्त गरको छन।

आँखा पाक्ने समस्या देखिन थालेपछि यसको शुरुमै न्युनिकरण गर्न सकियो भने गाउमा महामारी फैलिनबाट रोक्न सहज हुने उद्धेश्यका साथ आँखा परिक्षण्ण शिविर संचालन गरिएको क्लवका अध्यक्ष सन्तोष कंडेलले बताउनु भएको छ।
कञ्चन २ को वडा कार्यालय परिसरमा संचालन गरिएको कार्यक्रममा गाउपालिकाका अध्यक्ष नवराज ढकाल, वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतम, लायन्स क्लव अफ कञ्चन बर्ष २०२३/२०२४ का अध्ययक्ष गणेश आचार्य, लायन्स क्लव अफ कञ्चन पुर्व अध्यक्षहरु राम बहादुर थापा, शसिधर सापकोटा लगायत आतिथ्यता रहेको थियो।

क्लवका अध्यक्ष सन्तोष कंडेलको अध्यक्षता तथा लायन्स क्लव अफ कञ्चन बर्ष २०२३२/०२४ का अध्ययक्ष गणेश आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा क्लवका सचिव गोविन्द आचार्यले संचालन गर्नु भएको थियो। क्लवले यस अघि कञ्चनका विभिन्न स्थानहरुमा बृक्षरोपण कार्यक्रम समेत संचालन गरिसकेको छ।

 
 
  
 

You may also like