एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान

बुटवल । बैदेशिक अध्ययनमा जानेहरुका लागि परामर्शदाताका रुपमा काम गर्दै आएको एक्सपोर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको २० औ वार्षिकोत्सवको अवसरमा विशेष रक्तदान कार्यक्रम गरिएको छ ।

अमेरीका, युरोप, अष्ट्रेलिया, क्यानडा लगाएतका देशमा अध्ययनमा जाने युवा बिद्यार्थीहरुलाई परामर्शको सेवा दिंदै आएको एक्स्पर्टले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवलस्थित चौराहा शाखामा रक्तदान कार्यक्रम गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको सहकार्यमा भएको कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । कार्यक्रमको एक समारोहका बीच नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले एक्सपर्ट नेपाल भिसा सर्भिसेज प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन कंडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गरेका थिए ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष चौहानले रगत अभावलाई रोक्न ब्यावसायिक संघसस्थाहरुसंगको समन्वय र सहकार्य महत्वपूर्ण हुने बताए । सबैजसो कर्पोरेट हाउसहरु कर्पोरेट सोसिल रेस्पोसबिलिटि अन्तर्गत रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनसके यसबाट रगत संकलनमा बढावा मिल्ने बताए । रगत अभावमा छटपटिएका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम सबैभन्दा पुण्य काम भएको भन्दै यसमा सबैको साथ जरुरी रहेको उल्लेख गर्दै चौहानले रक्तदान अभियानमा नयाँ प्रविधि भित्र्याउन जरुरी रहेको बताए ।

कार्यक्रममा शाखा प्रमुख कंडेलले बार्षिक उत्सवका अवसरमा एक्सपर्टले बिश्वभर रहेका आफ्ना सबै शाखाहरुमा बिभिन्न कार्यक्रम गरिएको बताए । बुटवल शाखामा रक्तदान कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै प्रमुख कंडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत खेलकुद, वृद्धाश्रम लगायतमा सहयोग गर्दै आएको जानकारी गराए ।
एक्सपर्टमार्फत अष्ट्रेलिया, अमेरिका, क्यानाडा, युके अध्ययनमा जाने युवाहरुलाई परामर्शदाता दिने मात्र नभई राज्यको लागि योगदान दिने गरी काम गर्दै आएको उनले दावी गरेका छन् । बिश्वभर ४१ देशमा शाखा रहेको एक्स्पर्टको बुटवल शाखामा मात्र ४२ जनाले रोजगारी पाएका छन् ।

 
 
  
 

You may also like