प्रदेश ५ का मुख्यमन्त्री पोखरेल भन्छन – ‘सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा बिकास गर्ने योजना छ’

by समतल अनलाइन

बुटवल । प्रदेश नं ५ लाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा विकास गर्ने योजना रहेको मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन ।

बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित प्रदेश नं ५ का सूचना तथा सञ्चार प्रबिधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाको सपथग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले पतिष्ठानले प्रदेशलाई आवस्यक पर्ने सूचना तथा सञ्चार प्रबिधिसँग सम्बन्धी सफ्टवयर निर्माण गर्नुका अलावा त्यसका लागि आवस्यक पर्ने दक्ष जनशक्ति समेत उत्पादन गर्दै जानुपर्नेमा जोड दिए ।

सूचना प्रबिधिको प्रयोगकै कारण अमेरिका,चीन लगायतका मुलुकहरुहरुको आर्थिक अवस्था माथि उठेको भन्दै उनले प्रदेश नं ५ लाई सूचना तथा प्रबिधिका दक्ष जनशक्ति पाईने प्रदेशको रुपमा चिनाउने गरी काम गर्न प्रतिष्ठानलाई सुझाव दिए ।

पछिल्लो समय सूचना प्रबिधिको प्रयोग अपरिहार्य भएको भन्दै मुख्यमन्त्री पोखरेलले नेपालले हाल प्रयोग आएका प्रबिधिहरु सूरक्षीत भने नभएको बताए ।

सूचना प्रबिधिको प्रयोग गर्दा कसरी सूरक्षीत बनाउने भन्ने तर्फ पनि नयाँ नयाँ खोज र अनुसन्धान गर्नुपर्ने आवस्यकता औल्याए ।
सपथ ग्रहण गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक बास्कोटाले प्रदेशलाई सूचना प्रबिधिमैत्री प्रदेशको रुपमा बिकास गर्न आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 
 
  
 

You may also like