ललिता निवास प्रकरण : पक्राउ परेकाहरु थप सात दिन हिरासतमा रहने

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । आरोपीलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । उक्त प्रकरणमा हालसम्म २२ जना पक्राउ परिसकेका छन् ।

 
 
  
 

You may also like