शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा समयमाई सामुदायिक बनमा बृक्षारोपण

कञ्चन। अन्तर्गत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक जितपुर सब क्लस्टर शाखाहरुदेवारा समयमाई सामुदायिक बन उपभोक्ता समूह, कञ्चन १ दानापुर, रुपन्देहीको बन क्षेत्रमा बृक्षारोपण कार्यक्रम गरिएको छ।

बृक्षरोपण कार्यक्रममा जितपुर सव क्लस्टर अन्तर्गत मुख्य शाखा मुर्गियाका प्रमुख कृष्ण प्रसाद पाण्डे, रुद्रपुर शाखाका शाखा प्रमुख बावुराम आचार्य, जितपुर शाखाका माधवराज घिमिरे, चन्दौता शाखाका आशिष घिमिरे, गोरुसिङ्गे शाखाका सुदिप खनाल र जगदीशपुर शाखाका महित बि.क. लगायत बैंकका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो।

बृक्षारोपण कार्यक्रमले बन वातावणको संरक्षण र सम्बद्र्धन हुनुको साथै स्वस्थ र स्वच्छ वातावरण कायम गर्न बनको ठूलो महत्व हुने भएका कारण बन क्षेका खाली स्थानहरुमा बृक्षारोपण गरिएको सालझण्डी शाखाका प्रमुख दीपक पौडेलले बताउनु भयो। बृक्षारोपणले रुपन्देहीको बुटवल देखि पश्चिम क्षेत्रमा रहेको पर्यावरणिय हिसावले परिचित पर्यटकिय स्थल दानापुर ताल क्षेत्रको पर्यटनको समेत प्रबद्र्धन गर्ने शाखा प्रमुख पौडेलले बताउनु भयो।

यसैगरी समयमाई सामुदायियक बन उपभोक्ता समूहका अध्यक्ष प्रेम बहादुर थापाले सामुदायिक बन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेर बैंकले सामाजिक उत्तरदायित्व समेत बहन गरेको बताउनु भयो। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा रुपनदेहीको एकमात्र हरियाली तालको रुपमा परिचित हुदै गएको समयमाई सामुदायिक बन क्षेत्रमा गरिएको बृक्षारोपण कार्यक्रमबाट बन संरक्षण र सम्बद्र्धनमा समेत थप टेवा दिने अध्यक्ष थापाले बिश्वास ब्यक्त गर्नु भयो।

बिभिन्न प्रजातीका करिब १५० वटा बृक्षारोपण गरिएको कार्यक्रममा समयमाई सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष नर बहादुर थापा, कोषाध्यक्ष ज्ञान बहादुर थापा, सदस्य दशरथ लोध, माया सुनार, अनुगमन समितिका संयोजक रेम बहादुर पुन, सदस्य प्रेम बहादुर थापा, गन बहादुर श्रीस लगायतको सहभागिता रहेको थियो। बैंकले अघिल्लो बर्ष पनि Grow Green Project अन्तर्गत सैनामैना ११ मा रहेको राजापानी सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रमा करिब बिभिन्न प्रजातीका ४०० बिरुवाहरुको बृक्षारोपण गरेको थियो।

 
 
  
 

You may also like