प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् । यही साउन ८ देखि १० गतेसम्म इटालीमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल रहेका छन् ।

प्रधानमन्त्रीले युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन् भने मंगलबार खाद्य प्रणाली परिवर्तनको एजेण्डा सत्रमा सम्बोधन गर्नेछन् ।

 
 
  
 

You may also like