रुपन्देहीमा शनिबार सरकारी गाडीको दुरुपयोग

बुटवल । रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दिपेन्द्र ढकालले बा.२ झ १०१० नम्बरको सरकारी गाडी  दुरुपयोग गरेका छन ।

उनले शनिबार पनि जिल्ला प्रशासन कार्यालयको अनुमती विना सकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको भेटिएको छ ।

शनिबार विहान बुटवलबाट केवलकार चढेर वसन्तपुर घुमेका उनले दिउँसो पाल्पाको नुवाकोटमा पुगेर खाजा खाने ठाउँमा भेटिएको छ ।

आफ्ना केही साथीहरु तथा नीजि विद्यालयका सञ्चालकलाई बोकेर नुवाकोट  पुगेका उनले स्कुलको अनुगमनमा निस्किएको र खाजा खानका लागि नुवाकोट पुगेको प्रतिक्रिया दिए ।

शनिबारको दिन बुटवलका केही निजी अस्पतालमा निरीक्षण गरेको बताउने उनले यसअघि पनि पटक-पटक सरकारी गाडीको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कुनै पनि सरकारी गाडी शनीबार  वा विदाको दिन प्रयोग गर्नु परेका अनुमती जारी गर्नु पर्ने भए पनि साउन ६ गते शनिबारका लागि पुनै पास वा अनुमती जारी नगरिएको स्पष्ट पारे ।

 
 
  
 

You may also like