घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ । शुक्रबार बजारमा छापाला सुन तोलामा ८ सयले घटेर १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

यस्तै बिहीबार प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १२ हजार २२५ रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

 
 
  
 

You may also like