देशभर वर्षा, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौँ । नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू–भागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (मंगलबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविदले जनाएका छन् । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गए राति ठूलो पानी परेको छ । पानी परेका यी क्षेत्रसहित रसुवा, नुवाकोट र पर्वत भएर बग्ने स–साना नदीमा आकस्मिक बाढीको जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्र, कमजोर तथा भिरालो जमिनमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

 
 
  
 

You may also like