एसीसी इमर्जिङ कप : आज भारतसँग भिड्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज (सोमबार) नेपालले भारत ‘ए’ को सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजे श्रीलंकाको आर प्रेमदासा रंगशालामा सुरु हुनेछ । नेपाल पहिलो जितको खोजीमा हुनेछ । अर्कोतर्फ भारत भने लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको थियो भने भारतले यूएईविरुद्ध ८ विकेटको जित निकालेको थियो । नेपालले समूह चरणको अन्तिम तथा प्रतियोगिताको तेस्रो खेल बिहीबार यूएईसँग खेल्नेछ ।

 
 
  
 

You may also like