बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ ।
२०७९ सालको एसईई परीक्षामा गार्गी एकेडेमीबाट ५७ जना विद्यार्थी सहभागी थिए ।
सहभागी विद्यार्थीहरुमध्ये ३.६० जीपीएभन्दामा माथि ५ जना, ३.२० भन्दा माथि १४ जना, २.८० भन्दा माथि २६ जना र २.४० जीपीए भन्दा माथि ल्याएर उत्तीर्ण हुने विद्यार्थी १२ जना भएको विद्यालयले जनाएको छ । उच्च जीपीए सन्ध्या बस्यालले ३.८० ल्याएकी छिन् ।आइतबार आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष रणबहादुर थापा, प्राचार्य भुवन अधिकारीको टिमले विद्यार्थीहरुलाई बधाईसहित सम्मान गरेका थिए । सोही अवसरमा विद्यालयका विषय शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यालय अभिभावकको प्रमुख रोजाइँको स्कूल बनाउने गरी आफू जुटेको बताए ।
प्राचार्य अधिकारीले उत्तीर्ण विद्यार्थीलाई आगामी शैक्षिक यात्रा उल्लासमय होस भन्दै शुभकामना व्यक्त गरे । विद्यालयका अध्यक्ष रणबहादुर थापाले विद्यार्थीहरु श्रमसँग जोडिनुपर्नेमा जोडमा दिए ।
कार्यक्रममा विद्यालयका उपाध्यक्ष झविन्द्र अधिकारी, सञ्चालकहरू जीवन अधिकारी, लोकराज शर्मा, राजेन्द्र शर्मा पाण्डे लगायतले बोलेका थिए ।
विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा मावि शिक्षक नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय पछिल्लो समय विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै गएको छ ।