न्यूनचापीय रेखा नेपाल नजिक : देशभर वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

काठमाडौँ । मनसुनी वायुको प्रभावले आज (मंगलबार) देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिण तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) रहेको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । यसैगरी, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको हुनेछ ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मधेश, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागमा हावाहुरी समेत चल्ने सम्भावना छ ।

 
 
  
 

You may also like