बुटवल । बुटवल बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
ती बालिकालाई परियारले शनिबार राती बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिका कराएपछि ब्युंझिए लगत्तै परियार फरार भएकोमा प्रहरीले घर नजिकैबाट उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।
यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका९४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।