लेडी जेसिजको भाषण कला प्रशिक्षण सम्पन्न

बुटवल । बुटवल लेडी जेसिजले आफ्ना महिला सदस्यहरुका लागि नेतृत्व विकास तथा भाषण कला सम्वन्धि प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । लेडी जेसिजमा आवद्ध भएका सदस्यहरुबीचमा वाक कलाको विकाससँगै नेतृत्व विकास गराउने उद्धेश्यले एक दिने नेतृत्व विकास तथा भाषण कला कार्यक्रम गरेको हो ।

तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले महिलाहरु नेतृत्व तहमा पुग्नका लागि वाक ज्ञमताको विकास आवश्यक रहेको बताउनुभयो ।

स्थानीय तहमा हुने योजना र कार्यक्रममा बारेमा थाहा पाउन पनि महिलामा नेतृत्व विकास अनिवार्य रहेको उल्लेख गर्दै अध्यक्ष पंगेनीले महिलाको नेतृत्व र ब्यक्तित्व विकासकालागि आफु र आफ्नो कार्यालयबाट हुने सहयोग गर्ने आश्वासन दिनुभयो । बुटवल लेडी जेसिजका अध्यक्ष कमला लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका कार्यकारणी उपाध्यक्ष जीवन कार्की, बुटवल जेसिजका पुर्व अध्यक्ष राजिव गौतम, लेडि जेसिजका निर्वतमा अध्यक्ष अनुपमा श्रेष्ठ, पुर्व अध्यक्ष कल्पना पाण्डे कुसुम, उपाध्यक्ष सपना ज्ञवाली, रुपा श्रेष्ठ, सल्लाहकार तिला पाण्डे,ज्ञानधरा पन्त, सिनेटर राधिका पोखेरल लगायतले महिलामा नेतृत्व र क्षमता विकास आवश्यक रहेको बताउनुभयो ।

पब्लिक स्पिकर गोपाल अधिकारीले सहजिकरण गर्नु भएको कार्यक्रममा ३५ जना महिला सदस्यहरुको सहभागिता रहेको लेडी जेसिजका महासचिव रुपा श्रेष्ठ पाठकले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like