आज पृथ्वी सूर्यबाट सबैभन्दा टाढा : गर्मी बढ्ने, १० बर्षयताकै लामो दिन हुने

काठमाडौँ । आज (बिहीबार) पृथ्वी १० वर्षयता सूर्यबाट सबैभन्दा टाढा पुग्ने र वर्षको सबैभन्दा लामो दिन र बढी गर्मी हुने भएको छ । पृथ्वी र सूर्यबीचको दूरी झण्डै १५ करोड किलोमिटर छ । आज यी दुईबीचको दूरी झण्डै १५ करोड २० लाख किलोमिटर रहनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका अनुसार पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको छ । पृथ्वी सूर्यको टाढा पुग्दा पृथ्वीको घुम्ने गति कम हुने हुँदा दिन लामो हुन जाने समितिका निमित्त कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले बताए ।

‘पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुन्छ’, समितिका कार्यकारी निर्देशक डा. शर्माले भने, ‘पृथ्वी आफ्नो अक्षमा २३.५ डिग्री झुकेको हुनाले यस्तो हुन जान्छ । असार २१ गते पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन जान्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।’

सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ । आज उत्तरी ध्रुवमा सबैभन्दा धेरै गर्मीको अनुभूति समेत हुनेछ । उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत र दक्षिणी ध्रुवमा १० प्रतिशत व्यक्तिको बसोबास छ । सामान्यतया जुन २१ तारिख वर्षको लामो दिन र छोटो रात, सेप्टेम्बर २१ रात र दिन बराबर तथा डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात हुने मानिन्छ ।

 
 
  
 

You may also like