आजको राशिफल : कात्तिक २८ गते, बिहीबार

by समतल अनलाइन

वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि द्वितीया,३३ घडी ४१ पला,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त तृतीया । नक्षत्र रोहीणी, ४३ घडी ०७ पला, बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । योग,परिध ११ घडी २१ पला,बिहान १० बजेर ५७ मिनेट उप्रान्त शिव । करण तैतिल,बिहान ०७ बजेर ५२ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि वृष । काठमाडौंमा सूर्योदय ६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५५ पला विश्व मधुमेह दिवस।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): पतिपत्नीबीचको मधुर प्रेमाभावले दाम्पत्य जीवन सुखद हुनेछ । इष्टमित्र सहयोगी बन्नेछन् । बोलीमा मधुरता झल्कनेछ भने भाग्यशक्ति सुदृढ रहनेछ । धार्मिक चाहनाले थुप्रै तिर्थाटनको अवसर जुर्नेछ । पापीय मनोवृति बिस्तारै हट्दै जानाले मन प्रफूल्लित बन्नेछ । नोकरीमा ख्याती बढ्ने कार्यको सर्वत्र प्रशंसा होला । राजनीतिले समाजमा सुयोग्य र कर्मठ बनाउला । व्यापार व्यवसायले आर्थिक संकट निवारण गर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): राजनिति तथा कल्याणकारि कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि हुने हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवन साथिको सहयोगले राम्र काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्नेबानिले कामहरु बिग्रन सक्छ । अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नति हुने समय रहेको छ । साथिभाई सँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): व्यापारमा थोरै समय दिदा पनि मनग्गे आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा समय लगानि गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नया काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): समय तथा परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक गर्न केही समय पर्खनुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): स्वास्थ्य बिग्रनाले रोगव्याधको प्रकोप नियन्त्रणमा आउन कठिनाई उत्पन्न होला । राजनैतिक परिस्थिति अनुकूल बन्न नसक्नाले दबाबमा पिल्सिनु पर्ला । नोकरीमा खिचातानीको शिकारले नैराश्यता बढाउनेछ । जग्जजमिनको कारोबारले आर्थिक तंगी हटाउन गाह्रो पर्नेछ । अनाबस्यक खर्च बढ्ने तथा भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नु पर्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): कडा परिश्रम गर्दा पनि प्रतिफल न्यून आउने हुनाले मन खिन्न हुनेछ । व्यापारमा घाटा लाग्ने योग रहेकोछ भने व्यापारको शिलशिलामा गरिने यात्रा निअर्थक हुनेछ । सवारी साधन तथा बिलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आत्मबल तथा सम्यम्मता गुमाउदा आफैलाई घाटा लाग्न सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): कुनैपनि प्रतिष्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरु सँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारि कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानि हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाईने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाईनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानिको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानि गर्न सकिनेछ । काम गर्ने वाताबरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा बिलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसि सुख सुबिधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राजनितिमा प्रतिश्पर्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): अर्थ उपार्जनका बिभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउँन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न रहनेछ ।

 
 
  
 

You may also like