कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ८४ पैसा र बिक्री दर १३१ रूपैयाँ ४४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रूपैयाँ ५४ पैसा र बिक्री दर १४३ रूपैयाँ १९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रूपैयाँ ८४ पैसा र बिक्री दर १६६ रूपैयाँ ६० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९० पैसा र बिक्री दर ३६ रूपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 
 
  
 

You may also like