एमबिएस दोश्रो समेस्टरको बोर्ड परिक्षामा सिद्धार्थ गौतमबुद्धकी पुजा थापा नेपाल प्रथम,तृतीयमा रिता श्रेष्ठ

बुटवल।बुटवलमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको नतिजा सर्बोत्कृष्ट आएको छ ।

शैक्षिक सत्र २०७९/०८० मा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले लिएको एमबीएस दोस्रो समेष्टरको बोर्ड परीक्षामा यसक्याम्पस बुटवलका विद्यार्थीहरु पुजा थापा ३.९० जीपीए सहित नेपाल प्रथम र रिता श्रेष्ठ ३.८८ जीपीए सहित नेपाल तृतिय स्थान प्राप्त गर्न सफल भएका हुन् ।

कूल ११२ जना विद्यार्थीहरुले परीक्षा दिएकोमा ७७ जना विद्यार्थीहरु उर्तीण भएको क्याम्पस प्रमुख विष्णु प्रसाद रानाले बताउनुभयो ।

त्रिवि द्वारा सम्बन्धन प्राप्त उक्त क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म २८०० बढि विद्यार्थीहरुले विभिन्न संकायमा अध्ययन गरिरहेका छन् । हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पस यस क्षत्रकै अग्रणी एवं क्यूएए मान्यता प्राप्त शैक्षिक संस्था मानिन्छ ।

 
 
  
 

You may also like