सन्दीपविरुद्ध जाहेरी दिने किशोरीलाई एक लाख राहत दिन अदालतको आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई उपचार खर्च भराउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो । पीडितले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत गरेपछि अदालतले उपचार गर्दाको खर्च उपलब्ध गराउन आदेश दिएको हो ।

लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा पीडित पक्षले अन्तरिम राहत माग गर्दै निवेदन दायर गरेको थियो । उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।

 
 
  
 

You may also like