कञ्चनमा अपांगता भएकाहरुलाई सहायक सामग्री वितरण

रुपन्देहीको कञ्चन गाउपालिकाले गाउपालिकामा रहेका बिभिन्न शारिरीक रुपमा अपांगता भएकाहरुलाई सहकाय सामग्री वितरण गरेको छ। कञ्चन गाउपालिकाको ७० प्रतिशत लगानी तथा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र काभ्रेको ३० प्रतिशत लगानीमा कञ्चनका शारिरीक रुपमा अपांगता भएका ३१ जनालाई उक्त सहायक सामग्री वितरण गरिएको हो।

अपांगता भएकाहरुलाई सहायक सामग्री वितरण गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले स्थानीय तहको आफ्नो आन्तरिक श्रोतको आधारमा स्थानीय तहको पुर्वाधार बिकासको योजना निर्माण हुने र उक्त योजनाले कञ्चनको हरेक क्षेत्रको समानसपातिक बिकास हुने बताउनु भयो। आफुसंग भएको श्रोत साधनलाई अधिक्तम उपयोगलेमात्र कञ्चनको समग्र बिकासको अध्यावधिक हुने बताउदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउपालिकाका अध्यक्ष ढकालले शारिरीक रुपमा बिभिन्न प्रकृतिका अपांगता भएकाहरुको आत्मवल सृजना हुनेगरी व्यबसायिकता तर्फ उन्मुख बनाउन पालिकाले आवस्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो।

कार्यक्रममा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र काभ्रेका डा। प्रल्हाद प्रसाद पराजुलीले शारिरीक रुपमा अपांगता भएका पनि अवसर पाएको अवस्थामा उनिहरु भित्र भएको विलक्षण प्रतिभा, सिप र क्षमताले उचित स्थान पाउने बताउनु भयो। अपांगता पुनस्र्थापना तथा सामुदायिक बिकास केन्द्र, कञ्चनका अध्यक्ष टोपलाल भट्टराइले आफु अपांगता भएकोमा कुनै हिनता नभई फरक पहिचान भएकोमा आफुलाई गर्व भएको बताउनु भयो। आफु अपांगता भएपनि मैले केही गर्न सक्दिनँ भनेर घरभित्रै खुम्चिएर बस्यो भने मानसिक रुपमा अपांगता भइने बताउदै अध्यक्ष भट्टराईले आफुमा भएको क्षमतालाई अधिक्ततम उपयोग गरी उद्यमशिल बनेर समाजको उदाहरणिय बन्नु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य तथा गाउपालिकाका प्रवक्ता चित्र तुलाचनले सानो उमेरमा बिबाह गरेर शारिरीक रुपमा परिपक्व नभएका महिलाहरुबाट जन्मिने बच्चाहरु बिभिन्न शारिरीक रुपमा अपांगता हुने गरेको तथ्यांक उल्लेख गर्नु भयो। शिक्षा नै हरेक क्षेत्रको बिकासको पुर्वाधार भएको समेत प्रवक्ता तुलाचनले बताउनु भयो।

कार्यक्रमको अध्यक्षता गर्दै गाउपालिकाका उपाध्यक्ष तथा अपांगता परिचय पत्र वितराण समितिका संयोजक मौसमी थापा मगरले शारिरीक रुपमा अपांगता भएका ब्यक्तिहरुले आफु अपांग छु भनेर मनलाई संकोचित बनाएर बस्न नहुने बताउनु भयो। शारिरीक रुपमा अपांगता भएपनि तपाईभित्र भएको बिभिन्न सिप र क्षमतालाई उपयोग गर्ने कुनै आर्थिक वा भौतिक पुर्वाधारको समस्या भएमा गाउपालिकाले तपाईहरुको योजनाको आधारमा आवस्यक सहयोग गर्ने समेत उपाध्यक्ष थापा मगरले बताउनु भयो।

अपांगता परिचय पत्र वितराण समितिका सदस्य श्रीधर आचार्यको सञ्चालन तथा अपांग उत्थान गाउ समन्वय समितिका संयोजक आत्माराम पौडेलको स्वागतमा भएको कार्यक्रममा अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र काभ्रेका निरीक्षक लेखनाथ आचार्यले कार्यक्रमको आवस्यकता र औचित्यताको बारेमा जानकारी दिनु भएको थियो। कञ्चन गाउपालिकाको सभाहल कञ्चन ४ दियोमा भएको कार्यक्रममा बिभिन्न शारिरीक रुपमा अपांगता भएका ब्यक्तिहरु मध्ये ह्वील चियर ११ जनालाई, सोतो छडी १० जनालाई जुत्ता २२ जनालाई, हेयरिंग हेड ५ जनालाई, वाकर ४ जनालाई र बैसाखी १० जनालाई प्रदान गरिएको थियो।

 
 
  
 

You may also like