लुम्बिनी प्रदेश एकल लोकगीत प्रतियोगिताको फाइनल बिहिवार हुँदै

बुटवल । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशकाे आयाेजनामा जारी लुम्बिनी प्रदेश स्तरिय एकल लोक गित प्रतियोगिताकाे फाइनल बिहिबार हुने भएकाे छ ।

बुधबार पत्रकार सम्मेलन गरि तेस्रो संस्करणको एकल लोक गित प्रतियोगिताकाे फाइनल प्रतियाेगिता विहिबार हुने आयाेजनकले जानाकारी दिएकाे छ ।

प्रतिष्ठानका लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरले प्रतियाेगिताकाे सवै तयारी पूरा भएकाे जानाकारी दिए ।

‘हाम्रो चाहना, लोकसंस्कृतिको जर्गेना’ नारासहित स्थापना भएको संस्थाले तेस्रो संस्कारणको फिनाले गर्न लागेको हो । यसको लागि चैतबाट विभिन्न चरणमा रहेर जिल्लास्तरबाट कलाकार छनौट भएर फिनालेमा आईपुगेको उनले बताए । पहिलो र दोस्रो संस्करण कोभिड संक्रमणको समयमा अनलाईन मार्फत जिल्लास्तरीय प्रतियोगिता गरेको उनले बताए ।

१२ जिल्लाका १ हजार बढि सहभागीबाट छनौट भएर फिनालेमा २३ जना कलाकार प्रतिप्रधा गर्ने छन । लुकेको प्रतिभा प्रस्फुटन गराउने लक्ष्यसहित कार्यक्रम गरिएको उनले दाबी गरे । उपाधि विजेताले नगद ५१ हजार १ सय ५१ रुपैयासहित, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेताले नगद ३१, १ सय ५१ रुपैया, तृतियले नगद २१ हजार रुपैया तथा सान्त्वनालाई नगद ५ हजार १ सय रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

विजेताहरुले नेपालका चर्चित संगितकार खेम सेन्चुरीको गित गाउन पाउने छन । प्रतियोगिताको निर्णायक अम्मर बिरही गुरुङ, पुर्व अध्यक्ष गरि पाच कमिटिहरु रहेका छन । लुम्बिनी कलाकार हित कोषको घोषणा गरिने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय सल्लाहकार खिम बहादुर हमालले मोफसलबाट निरन्तर लोकदोहरी हाम्रो संस्कार, संस्कृति जगेर्ना हुने गरि रचनात्मक कार्यक्रम हुदै आएको बताए । प्रदेशका १२ जिल्लाबाट प्रतिनिधि ल्याएर संस्थागत विकासका कार्यक्रम गरिदा धेरै फाईदा मिल्ने उनको बताए ।

प्रतिष्ठानका केन्द्रिय सचिव दिपक गर्बुजा, केन्द्रिय सदस्य डिल्ली नारायण पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव युवराज पोखरेल, संयोजक नारायण परियारले कार्यक्रमको सफलताको शुभकामना दिए । करीब १० लाख खर्च अनुमान रहेको छ ।

 
 
  
 

You may also like