76
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ ८१ पैसा र बिक्री दर १३२ रूपैयाँ ४१ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ ४३ पैसा र बिक्री दर १४२ रूपैयाँ ०८ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६४ रूपैयाँ ३१ पैसा र बिक्री दर १६५ रूपैयाँ ०६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।