विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको महासचिवमा – सन्तोष वाशिष्ठ

by समतल अनलाइन

वाराणसी भारत
विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको २०७६ कार्तिक २४,२५ गते भारतको वाराणसीमा बसेको कार्यसमितिको बैठकले उदयनारायण भट्टराई “सन्तोष वाशिष्ठ” लाई विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिको महासचिवमा मनोनित गरेको छ ।

वाशिष्ठ नेपाल ज्योतिष परिषदमा रहँदा ७७ वाट जिल्लाका ज्योतिषी हरुसँग हातेमालो गर्दै ७ प्रदेशमा संगठन बिस्तारका साथै प्रमुख निर्वाचन अधिकृत रहि ७ वटै प्रदेशमा निर्बाचन सम्पन्न गराउनुका साथै बिभिन्न संघ संस्थाका नेतृत्व तहमा बसी कुशलतापूर्वक कार्यगरेको अनुभव छ।
विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापती,अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य सचिव, नेपल ज्योतिष परिषद,राष्ट्रिय धर्मसभा नेपाल, विश्व हिन्दु महासंघ लगायतका संघ संस्थाहरुमा नेतृत्व दाई भुमिका निर्वाह गर्दै अाउनु भएका वाशिष्ठ३ दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपल बाट प्रतिनिधित्व गर्दै दर्जनौं अवार्ड हरुबाट सम्मानित भएका छन् ।
विदेशका वजारहरुमा पृथक पहिचान बनाइसकेका सन्तोष वाशिष्ठ को अन्तर्राष्ट्रिय मिडियाले समेत राम्रो कभरेज गर्दै आएको छ । झापा अर्जुनधारा ७ मा जन्मेका वाशिष्ठ अरुणोदय प्रा बि बाट शिक्षाको सुरुवात गरि अर्जुनधारा संस्कृत वेदविद्यापीठ (गुरुकुल)मा ब्रम्हलीन गुरु आचार्य पुष्पलाल निरौला बाट लामो समय सम्म संस्कृतको अध्ययन गरि सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीवाटआचार्य गरेका वाशिष्ठ हाल विद्यावारिधी गर्दैछन ।
शान्त स्वभाव मितव्ययिता सबैका कुरासुन्ने थोरै बोल्ने बोलेकाकुरा कार्यन्वयन गराउने हँशिलो अनुहार भएका वाशिष्ठलाई सांगठनिक व्यक्तित्त्व को रुपमा लिनेगर्दछन,ज्योतिष शास्त्रको अनुसन्धानमा विशेष दख्खल भएका उनि धेरै देशका लब्धप्रतिष्ठित ब्यक्तित्वहरु संग नजिक भएको जानकार हरुले बताउने गरेका छन् ।
विश्व ज्योतिष महासंघको सञ्जाल अमेरिका क्यानाडा युरोप कोरिया जापान भारत मलेसिया श्रीलङ्का बंगलादेश रशिया थाईल्याण्ड इन्डोनेसिया भूटान म्यान्मार सिङ्गापुर लगायतका ५१ देशमा प्रतिनिधित्व रहेको छ ।
भारतका सबै प्रान्तका चर्चित ज्योतिषी हरू एच एस रावत,शुरेश श्रीमाली,अरुण बंशल, डा धनेशमणी त्रीपाठी, एस के शास्त्री,डा सत्य विश्वास,डा चारुदत्त पिंगले,डा अमलेश शास्त्री,डा भारत भूषण उपाध्याय,आभा बंशल,अशोक मिश्र,लगायत अन्य धेरै विद्वान हरु कार्य समिति र सल्लाहकारमा रहनुभएको छ।
नेपालका तर्फबाट डा लोकराज पौडेल,प्रा डा माधव भट्टराई, प्राडा देवमणी भट्टराई,सहप्राडा माधव प्रसाद पाण्डेय,ज्यो माधव राज पाण्डे,ज्यो पं विष्णु दत्त लेखक, ज्यो पं सूर्य प्रसाद ढुंगेल, डा देवीप्रसाद खनाल,डा सहदेब बिष्ट,डा चन्द्रकुमार शेर्मा,पुर्व मन्त्री कान्ता भट्टराई,डा मिलन कुमार थापा,अम्बिका शर्मा, डा सुवोध शुक्ला, उप प्रा पुरुषोतम भट्टराई सुदर्शन आत्रेय,नरेश सिंग, लक्ष्मण पन्थी श्रीकेश कौशिक,डा अनन्त हरि अाचार्य,तारा प्रसाद नेपाल,लगायतका अन्य धेरै बिद्वानहरुको संलग्नता रहेको छ।

विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका केन्द्रीय अध्यक्ष डा लोक राज पौडेल रहनु भएको छ र यस्को केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौं नेपाल मा रहेको छ ।

 
 
  
 

You may also like